यो चाडपर्व “आइएमई गरौँ, उद्यमी बनौ” योजना अन्तर्गत तिनजना विजेताले आई फोन सिक्सटिन प्राप्त
काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तिन जना भाग्यशाली विजेताहरू रुमानियाबाट ज्ञानेन्द्र प्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगरले आइफोन सिक्सटिन प्राप्त गरेका छन् । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आइएमईको ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत आइएमईका तिन जना भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् । यो चाडपर्व “आइएमई गरौँ, उद्यमी बनौ“ योजनाको पहिलो चरणको मासिक उपहार अन्तर्गतको असोज कार्तिक र मंसिर महिनाको आइफोन सिक्सटिन को विजेता छनौट भएको हो । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशीलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यो चाडपर्व “आइएमई गरौँ, उद्यमी बनौूँ “ योजना गत असोज २०८१ मा सार्वजनिक गरेको थियो । यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये थप ३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्न सक्नेछन् । दोस्रो चरणको योजना अन्तर्गत “आइएमई गरौँ, उद्यमी बनौूँयो चाडपर्व “आइएमई गरौँ, उद्यमी बनौ“ योजना अन्तर्गत तिनजना विजेताले आई फोन सिक्सटिन प्राप्त योजना यही पौष २०८१ देखि साउन २०८२ सम्म रहने छ जसमा तिन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् । आइएमई गरी आइएमई पे वालेट,बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताउनु भयो । साथै यो योजनाले डिजिटल माध्यम आइएमई पे मार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।