सबल बन्दै स्थिरीकरण कोष, चार संस्थाले पाए सहभागिताको प्रमाणपत्र

काठमाण्डौं । बचत तथा ऋण सहकारी संस्थाहरुको सुरक्षा कवचको रुपमा स्थापना भएको स्थिरीकरण कोष छोटो समयमा नै सवल बन्दै गएको छ । सहकारी ऐन २०७४ को दफा १०३ र नियमावली २०७४ को दफा ७४ ले व्यवस्था गरे अनुसार कोष स्थापना भएको हो । बचत तथा सहकारी संस्थाहरुको एकल प्रयासबाट २०७९ साल जेष्ठ २७ गते १० करोड रुपैयाँ पुन खडा भएको उक्त कोषमा हालसम्म ३१६ बचत ऋण सहकारी संस्थाले २३ करोड रकम योगदान गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारी संस्थाहरुको करोवारमा सम्भावित जोखिम व्यवस्थापन गर्ने उदेश्यले कोष स्थापना गरिएको बताए । उनले तीन बर्ष अगाडि कोष स्थापना भएको भए पनि यो बर्षबाट कोष कार्यान्वयनको रुपमा लिन सकिने जनाए । बचत तथा ऋण सहकारी अभियानको दशकौंको सपना पुरा भएको भन्दै उनले कोषले अभियानको जगेडा कोषको रुपमा अन्नत कालसम्म काम गर्ने बताए । वित्तीय कारोवार गर्ने संस्थाहरुमा कुनै पनि बेला जोखिम आउन सक्ने भन्दै ढकालले कोषले सुरक्षा कवचको रुपमा काम गर्ने भएकाले सबै संस्थाहरुलाई आवद्ध हुन आग्रह गरे । स्थिरीकरण कोषमा योगदान गरका ३२६ संस्था मध्ये ४ वटा संस्थालाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ । कोषको दफा ८ को योग्यता पुगेका संस्थाहरुलाई सहभागिताको प्रमाणपत्र दिएको नेफ्स्कूनका सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले जानकारी दिए । सहकारी विभागले स्वीकृत गरेको प्रमाणीकरण कार्यक्रममा सहभागी संस्थाहरुले उक्त प्रमाणपत्र पाउनेछन् । नेफ्स्कूनले सञ्चालन गरेको स्तरिकरण कार्यक्रम प्रोवेशन र एक्सेस व्राण्ड पाएका ४ वटा संस्थाको अडिट गरी उक्त प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र पाउने संस्थाहरुमा जनउत्थान साकोस,ठेचो महिला साकोस,ग्रामिण सकोस र लोककल्याणकारी साकोस रहेका छन् । योग्यता पुगेका र स्तरिकरण कार्यक्रममा सहभागी भएका संस्थाहरुलाई उक्त प्रमाणपत्र प्रदान गरिने उनको भनाई छ । सहभागिताको प्रमाणपत्र दिने काम स्थिरीकरण कोषको नियमित कार्य भएको उनको भनाई छ । अहिले ४ वटा संस्थावाट सुरु गरिएको र हरेक संस्थालाई उक्त प्रमाणपत्र दिने अधिकार कोष सञ्चालक समितिलाई भएको भन्दै उनले हरेक वोड वैठकले निर्णय गरी प्रदान गर्दै जाने जनकारी दिए । स्थिरीकरण कोषबाट प्रमाणपत्र पाउने संस्थाहरुलाई कार्यविधिमा तोकेको सुविधा दिइने छ । सुरुमा स्थिरीकरण कोष खडा गर्नको लागि योग्यता पुगेका वा नपुगेका दुबै संस्थाहरुले योगदान गरेका थिए । सुरुमा कोष स्थापना गर्न १० करोड पुन्याउन योगदान गर्ने संस्थाहरुलाई विशेष संरक्षण गरेर लैजाने नीति भए पनि सहभागिताको प्रमाणपत्र पाएका संस्थाले मात्र कोषबाट सुविधा प्राप्त गर्ने उनले प्रष्ट पारे । प्रमाणपत्र पाएका ४ संस्थामा तरलता अभाव भएको खण्डमा तरलता सापटी दिने, दायित्व भुक्तानी सापटी र पुनर्सञ्चालन खर्च सापटी कोषले दिने छ । सहभागिताको प्रमाणपत्र पाउन ५ आर्थिक बर्ष कार्य सञ्चालन गरी बार्षिक लेखा परीक्षण सम्पन्न गरेको,अघिल्लो २ बर्ष साधारण सभा सम्पन्न गरेको,कर्जा वर्गिकरण गरी कर्जा नोक्सानी व्यवस्था गरेको, ५ प्रतिशत संस्थागत पुँजी रहेको र तीनको बर्षको हकमा २.५प्रतिशत भए पुग्ने तथा घाटामा नगएको र संचित घाटा नभएको हुनेपर्ने छ । त्यसैगरी सहकारी विगागले नियमन गर्दा उच्च जोखिममा परेको, सिघ्र सुधारको सूचीमा रहेको र कोपोमिसमा आवद्ध नभएका संस्थालाई पनि प्रमाणपत्र दिइनेछैन । ३२७ संस्था पारम्भिक भेलामा नै जम्मा भएको र उनीहरुको हकमा योग्यता पुगेपछि कोष आफैले प्रमाणपत्र प्रदान गर्नेछ । ती वाहेकका संस्थाले कोषले तयार गरेको फरम्याट भरेर आवेदन दिनुपर्ने हुन्छ । व्राण्ड नपाए पनि स्तरिकरण कार्यक्रमा आवद्ध भएर नियमित रिपोटिङ गरेका संस्थाहरुले उक्त प्रमाणपत्र पाउन सक्नेछन् । स्थिरीकरण कोष जगेडा कोष जस्तै भएको र उक्त कोष संस्थामा राख्ने की सेन्ट्रलमा राख्ने भन्ने बाहेकको अर्को विकल्प नभएको उनले सुनाए । जसरी जगेडा कोष कहिल्यै मासिदैन,त्यसैगरी स्थिरीकरण कोष पनि त्यस्तै भएको ढकालले जनाए । संस्थाहरुले ५ प्रतिशत कोषमा योगदान गर्नु पर्ने र संस्था चलुनजेल कोष पनि चलिरहने उनको भनाई छ । आर्थिक मन्दीका कारण संस्थाहरुमा भाखा नाघेको ऋण केही बढी भएको र बजारमा सुधार आउन साथ एक डेढ बर्ष भित्रमा योगदान गर्ने धेरै जसो संस्थाहरुले उक्त प्रमाणपत्र पाउने उनले जनाए । स्थिरीकरण कोषले संस्थाहरुमा तरलताको समस्या आयो भने योगदानको २० प्रतिशतसम्म तरलता रकम उपलब्ध गराउँछ भने समस्याग्रस्त भयो भने संस्थाको योगदानको आधारमा दुई गुणासम्म व्यवस्थापन खर्च कोषले व्यहोरिदिनेछ। भविष्यमा आउन सक्ने जोखिमलाई शतप्रतिशत आँकलन गर्न नसकिने तथा आन्तरिक र वाहय कारणले पनि संस्थामा जोखिम आउन सक्ने भएकाले यो कोष आवश्यक रहको उनको दावी छ । १० बर्ष भित्रमा कोषको आकार बढ्ने र त्यसपछि सबै बचत ऋण सहकारी संस्थाको जोखिम धान्न सक्ने अवस्था बनेर जाने उनले बताए । कोषमा १ करोड भन्दा माथी योगदान गर्ने संस्थाहरु समेत रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *