यूएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ले यूएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

बोटिम एप मार्फत यूएईमा बस्ने नेपालीले नेपालमा आईएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले यूएईमा रहेका नेपालीमा थप उत्साह मिल्ने विश्वास कम्पनीको छ । १५ फागुन १५ चैतसम्म लागु हुने अफर अन्तर्गत १० रुपैयाँ वा त्यो भन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *