उदयपुर मिलीजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

उदयपुर । सबै जना उदयपुर बासीको उत्तम स्वास्थ्य र सुरक्षित जीवनको कामना गर्दै, उदयपुर मिलीजुली समाज कुवेतले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक समस्यामा परेका केही पीडित दाजुभाइ तथा दिदीबहिनीलाई स्वास्थ्य उपचारका लागि केही आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजका विभिन्न पदाधिकारी तथा सदस्यहरूको स्वैच्छिक योगदानबाट सङ्कलित बचत रकम निम्न व्यक्तिहरूलाई हस्तान्तरण गरिएको छ :

१. काशीनाथ आचार्य- (उदयपुर चौदण्डी गढी नगरपालिका–५)
समस्या: विगत ३ वर्षदेखि मिर्गौलाले काम नगर्ने समस्या
उपचार केन्द्र: धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर, प्रदान गरिएको सहयोग रकम रु. ११,०११ (एघार हजार एघार रुपैयाँ) रहेको छ

२. तिलकबहादुर राई– (उदयपुर रौतामाई गाउँपालिका–४)
समस्या: मेरुदण्डको नसामा समस्या (नसा च्यापिएको) भएर आर्थिक कठिनाइ भोगिरहेका छन् । राईलाई प्रदान गरिएको सहयोग रकम रु. ११,०११ (एघार हजार एघार रुपैयाँ) रहेको छ ।

३. अञ्चला बर्याल- (उदयपुर त्रियुगा नगरपालिका–११)
समस्या: कलेजो प्रत्यारोपण गर्नुपर्ने । प्रदान गरिएको सहयोग रकम रु. ११,०११ (एघार हजार एघार रुपैयाँ) रहेको छ ।

उदयपुर मिलीजुली समाज कुवेतले पीडितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, समाजमा रहेका सबै सहयोगी मनहरूलाई विशेष धन्यवाद व्यक्त गरेको छ । समाजका अध्यक्ष मोहन लुइँटेलले भने ‘उदयपुर बासीको निरन्तर सहयोगकै कारण हामी आर्थिक सङ्कटमा परेका दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग पुर्‍याउन सक्षम भएका छौँ । हाम्रो सानो प्रयासले पीडितहरूको दुःखमा केही मलम लगाउने काम गर्न सक्यौँ भन्ने आशा गरेका छौँ । भविष्यमा पनि हामी यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । हामी सधैँ सहयात्रामा, हातेमालो गर्दै अघि बढ्नेछौँ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *