सत्तारुढ दलहरू बालुवाटारमा, भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय

काठमाडौं । सत्तारुढ दलहरू प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् ।

आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बताइएको थियो तर विपक्षी दलहरुले कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै विरोध जनाएपछि बैठक आधा घण्टा ढिलो सुरु भएको थियो । तर उक्त समयमा सत्तापक्षका शीर्ष नेताहरू संसद् भवनमा उपस्थित भएका थिएनन् । उनीहरू बालुवाटारमा सत्तापक्षको बैठकमा भेला भएका थिए । शीर्ष नेताहरू मात्रै नभएर बैठकमा प्रमुख सचेतकहरू समेत बालुवाटारमै थिए ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका शीर्ष नेताहरू उपस्थित भएका छन् । सत्तापक्षको बैठकमा अन्य सत्तापक्षका शीर्ष नेताहरू पनि उपस्थित छन् । जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी थिए ।

आजको सत्ता गठबन्धनमा रहेका दलहरुको उक्त बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *