हिमालयन लाइफ र सोपान मल्टिपलको सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स र सोपान मल्टिपल कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । दुईटै कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । हिमालयन लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी टिकाराम न्यौपानेले ७९ हजार ३९२ कित्ता र दुर्गा प्रसाद न्यौपानेले ७९ हजार ३९२ कित्ता गरी कुल १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद पाउने छन् । इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र बोलपत्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
यस्तै, सोपान मल्टिपल कम्पनीका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा दर्ता कायम रहेको ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । कम्पनीका अनुसार सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता राखिएको हुँदा खरिद गर्न इच्छुकले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । उक्त अवधिभित्र सेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *