नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १३ सयले बढेर तोलाको एक लाख ७४ हजार ८ सयमा कारोबार भईरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ७३ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २०२० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार चाँदी तोलाको १९९० रुपैयाँमा कारोबार भएको थियो ।