एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड
काठमाडौं । राजावादी कार्यकर्ता अराजक बनेका छन् ।
तिनकुने केन्द्रित आन्दोलन तितरबितर भएपछि उनीहरुले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् । राजावादीको एक समूहले आलोकनगरस्थिति एकीकृत समाजवादीको कार्यालय पुगेर ढुंगामुढा गरेका हुन् ।
यसअघि उनीहरुले तिनकुनेको एक निजी घरमा आगलागी गरेका थिए । उनीहरुले प्रहरीलाई समेत आक्रमण गरेको र आजको प्रदर्शनमा अराजकता प्रदर्शन गरेका थिए ।