एमालेको एघारौं महाधिवेशन : मतदाता लाइन लागे, सुरु भएन मतदान

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ चयनको निर्वाचनमा भाग लिन मतदाताहरू लाइनमा बसेका छन् । तर, पटकपटक सारेर आज बेलुकी सात बजेदेखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन । पार्टी अध्यक्षमा उम्मेदवारी दर्ता गराएका केपी शर्मा ओली र ईश्वर पोखरेलसहितका शीर्ष नेता समेत महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप पुगेका छन् । ओली र पोखरेल प्यानल नै बनाएर निर्वाचनमा भिड्न लागेका छन् । दुवै पक्षले आ–आफ्नो प्यानल घोषणा गरिसकेका छन् । एमालेमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ८० विद्युतीय मेसिनबाट मतदान गराउने तयारी छ । मतदानका लागि भृकुटीमण्डपमा बनाइएको बुथमा एकपटकमा ८० जना मतदाताले मताधिकार प्रयो गर्न पाउनेछन् ।

एक जना मतदातालाई विद्युतीय मतदानमा ३० देखि मिनेट लाग्ने अनुमान गरिएको छ । मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । विद्युतीय मतदानका लागि एमालेले रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिन प्रयोग गर्न लागेको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले निर्धारित समयमा मतदान सुरुभए भोलि दिउँसोसम्म मत परिणाम आइसक्ने अनुमान गरिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *