दक्षिण बाराही महिला साकोसको २७ औं साधारण सभाले नयाँ सञ्चालक समिति चयन

भक्तपुर । सूर्यविनायक नगरपालिका ४ दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले कविता सापकोटा ढुङ्गेलको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ । सभाले सञ्चालक समितिको उपाध्यक्षमा शारदा थापा, सचिवमा तारा खतिवडा सापकोटा तथा कोषाध्यक्षमा निर्जला ढुङ्गेल दाहाल चयन गरेको छ । त्यसैगरी समितिको संचालक सदस्यमा रीता के सी पार्वती घिमिरे भण्डारी, भगवती पोखरेल ढुङ्गेल, चण्डिका थापा तथा मधु माया श्रेष्ठ चयन भएका छन् । सभाले लेखा सुपरीवेक्षण समिति संयोजकमा तुलसा पुरी र सदस्यहरुमा सिर्जना थापा खड्का र मीरा बस्नेत चयन गरेको छ ।

निर्जला ढुङ्गेल दाहालको अध्यक्षतामा भएको साधारण सभाको ९२ वर्षीय जेष्ठ सदस्य गङ्गाकुमारी भण्डारीले उद्धघाटन गरेकी थिइन् । सभामा विभन्न विधामा सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जेष्ठ सदस्य सम्मानबाट लक्ष्मी ढुङ्गेल, सितादेवी शर्मा, राजकुमारी खनाल छेत्री, तुलसी थापा, यूरोपकुमारी उप्रेती र कान्छी न्यौपाने सम्मानित भएका छन् । त्यसैगरी एकल तथा स्वनिर्भर सम्मानबाट गीता खत्री, कविता गौतम र शर्मिला छ्वाले सम्मानित भएका हुन् । त्यसैगरी अधिकतम सेयर खरिदबाट मुना ढुङ्गेल सम्मानित भएकी छन् भने बाल बचतमा बरूण ढुङ्गेल, बालिका बचतमा प्रशंसा पौडेल र प्रिन्सा शर्मा सम्मानित भएका छन् ।

यसैगरी ऐच्छिक बचत मीना श्रेष्ठ, खुत्रुके बचतमा शान्ता आचार्य, आवधिक बचतमा भीमकुमारी खड्का सम्मानित भएका छन् । दैनिक बचतमा मीनकुमारी भण्डारी, चाडपर्व बचतमा पवित्रा श्रेष्ठ, असल बचतमा सानुमाया जिरेल सम्मानित भएका छन् । त्यसैगरी असल ऋणी अस्मिता कार्की, सदस्य वृद्धि तर्फ तारा शिव भक्ति, दुर्गामाया श्रेष्ठ र मुना कार्की सम्मानित भएका छन् । सभाले संस्थाको ऋण उपसमितिलाई सक्रिय उप समितिका रुपमा सम्मान गरेको छ। त्यसैगरी एसइई सम्मान बालतर्फ अभिषेक बस्नेत, बिरोज खत्री, हिमबहादुर गहतराज र बालिकातर्फ सुप्रिया चौलागाई, सरिता बाईजु, सुमिका के।सी सम्मनित भएका छन् । सभामा आर्थिक वर्ष ०८१। ०८२ को बार्षिक प्रतिवेदन तथा आव ०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रतिवेदन अनुसार संस्थामा १ हजार ३२१ सदस्य, १ करोड ६८ लाख शेयर पूँजी संकलन भएको छ । त्यसैगरी संस्थाले असार मसान्तसम्म ९ करोड ३९ लाख ९४ हजार बचत संकलन गरी ९ करोड ४१ लाख ऋण लगानी गरेको छ । संस्थाको जगेडा कोषमा १ करोड ३७ लाख पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *