तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई एक लाख सहयोग
काठमाडौँ। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा दीक्षितले क्लबका अध्यक्ष ऋषि धमलालाई उक्त रकम हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गरे । आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय भएको बताउँदै उनले सबै सञ्चारकर्मीको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरे।
साथै उक्त घटनाका घाइतेको उपचार तथा मृत्युवरण गरेका व्यक्तिलाई राहत रकम उपलब्ध गराउन दीक्षितले सरकारसँग आग्रह गरेका छन् ।