सुरेश रजकको शरीरमा गोली भेटिएको भन्दै भ्रम फैलाइयोः प्रहरी

काठमाडौँ । गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटियो भन्दै फैलाइएको समाचारको नेपाल प्रहरीले खण्डन गरेको छ । राजावादीको प्रदर्शनका क्रममा भएको आपराधिक घटनाहरुका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेकाले घटनाका सम्बन्धमा सत्यतथ्य नबुझी विभिन्न सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्नसमेत प्रहरीले सचेत गराएको छ ।

सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराद्वारा जारी विज्ञप्तिमा गत शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिएको भए पनि आयोजक एवं समर्थकहरुले विभिन्न स्थानमा हिंसात्मक घटना घटाएको जनाएको छ । राजावादीहरूले प्रदर्शनका क्रममा तोडफोड, आगजनीलगायत घरभित्र मानिस भएकै अवस्थामा आगजनी गरी मानिसको मृत्युसमेत हुनेगरी घटाएका आपराधिक घटनाहरूको सत्यतथ्य नबुझी भ्रामक एवं गलत सूचना प्रवाह नगर्न अनुरोधसमेत गरेको छ । यदि सत्यतथ्य नबुझी गलत समाचार सम्प्रेषण गरे प्रचलित कानुनबमोजिम कानुनी दायरामा ल्याइने व्यहोरासमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *