पूर्वराजाको स्वागतलाई प्रधानमन्त्रीले कथित स्वागत भनेपछि संसदमा तनाव
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको बताएपछि राप्रपाले विरोध गरेको हो ।
यस्तै प्रधानमन्त्रीले गत फागुन २५ गते त्रिभुवन विमानस्थलमा पूर्वराजा शाहलाई गरिएको स्वागतले कथित स्वागत भनेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नियमापत्ति गरेका थिए ।