नार्क र भारतीय कृषि प्रतिनिधिमण्डलबिच छलफल

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का पदाधिकारीहरू र भारत सरकारका कृषि प्रतिनिधिबिच छलफल भएको छ । खुमलटारस्थित परिषद्को सभा हलमा कृषि क्षेत्रमा भएका प्रविधिबारेमा छलफल भएको हो । नार्कका कार्यकारी निर्देशक डा.दोजराज खनालले हालसम्म कृषि प्रविधि विकासमा गरेका प्रगति प्रस्तुत गर्दै नेपाल र भारतका अनुसन्धानकर्मी र संस्थाहरूबिचको आपसी समन्वयले यस क्षेत्रको कृषि विकासमा उल्लेख सुधार भएको बताए । आगामी दिनमा यो समन्वयलाई विद्यमान समझदारीको समयानुकूल नवीकरण गर्दै अघि बढाउन जरुरी रहेको उनको धारणा छ ।

भारतीय कृषि अनुसन्धान परिषद्का उपमहानिर्देशक डा.देवेन्द्रकुमार यादवले भारतले हालसालै हासिल गरेका उपलब्धिहरूको बारे उल्लेख गरे । उनले दुई देशका अनुसन्धानकर्मीबिचको समन्वय र सहकार्य आगामी दिनमा झन् विस्तार हुने विश्वास व्यक्त गरे । भारतीय कृषि विभागको तर्फबाट डा। सामुएल प्रवीण कुमारले डिजिटल युगमा कृषिलाई व्यवस्थित बनाउनुपर्ने बताए ।भारतीय कृषि अनुसन्धान परिषद्का मुख्य वैज्ञानिक डा।ए।के। मिश्राले नयाँ परिवेशमा नार्क र भारतीय कृषि अनुसन्धान परिषद्बिच थप समन्वयका क्षेत्रहरू पहिचान गरी आपसी समझदारीलाइ उचाइमा पुर्याउन भारतीय पक्ष तयार रहेको उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *