माँ बगलामुखी साकोसको धार्मिक तथा अवलोकन भ्रमण सम्पन्न
ललितपुरमा रहेको उत्कृष्ट ब्यवस्थापनका साथ सञ्चालित माँ बगलामुखी सहकारीको आयोजनामा बैशाख ४ र ५ गते दोलखा भीमेश्वर मन्दिर दर्शन, मछिन्द्रनाथ बुंद्य जात्रा अवलोकन तथा कालिञ्चोक भगवती दर्शन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ७३ जना सहकारी सदस्यहरू र २८ जना अन्य सहभागीहरू गरी कुल १०१ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको नेतृत्व संस्थाका अध्यक्ष लक्ष्मण महर्जन, कोषाध्यक्ष अञ्जु तण्डुकार, सञ्चालक सदस्यहरू दिनेश महर्जन र रविता तण्डुकार, लेखा समिति संयोजक शुवर्ण शाक्य, व्यवस्थापक सुनिल महर्जन तथा अन्य कर्मचारीहरूले गर्नुभएको थियो।

साथै, कार्यक्रममा विशेष अतिथि स्वरूप राष्ट्रिय सहकारी बैंकका सञ्चालक पार्वति थापाको समेत उपस्थिति रहेको थियो। उक्त धार्मिक भ्रमण टोलिलाई दोलखा चरिकोट पुग्ने बित्तिकै हाम्रो जनकल्याण सहकारी संस्था, दोलखा र राष्ट्रिय सहकारी बैंक, दोलखा शाखाकोतर्फबाट सहभागी सम्पूर्णलाई खादा, टीका र फूलमाला लगाई भव्य स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा जनकल्याण सहकारीका सह व्यवस्थापक पर्वत नेउपाने लगायत संचालक समितिका पदाधिकारीहरु, तथा राष्ट्रिय सहकारी बैंक, दोलखा शाखाकी प्रमुख यशोदा सुवेदि बैंकका कर्मचारि सहितको टोलीको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा अध्यक्ष लक्ष्मण महर्जनले सहकारी परिवारको तर्फबाट यस्तो भव्य स्वागत र सहकार्य प्रदान गर्नुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै, सहकारीहरूबीचको पारस्परिक सहकार्य, सम्बन्ध र आपसी सद्भाव अझ प्रगाढ बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो। दुई दिनसम्म चलेको सो कार्यक्रममा सहभागीहरूबाट धार्मिक, सामाजिक र सहकारी भावना थप सुदृढ भएको जनाइएको छ। कार्यक्रमलाई सफल र अविस्मरणीय बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सदस्य, अतिथि, हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठ , राष्ट्रिय सहकारी बैंक, दोलखा शाखा प्रति माँ बगलामुखी सहकारी परिवार विशेष आभार प्रकट गरेको छ ।