प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् । सुशासनको कुरा गर्ने सरकारले १० महिनासम्म पनि सम्पत्ति विवरण किन सार्वजनिक नगरेको ? भनेर उनले प्रश्न गरे । उनले रास्वपा सभापति रवि लामिछानेमाथि पनि राज्यले प्रतिशोध साधेको आरोप लगाए । त्यो कुरा प्रधानमन्त्रीले नै स्वीकार गरेको उनले टिप्पणी गरे ।

‘उहाँले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाएँ, हिरासतमा पुर्‍याएँ,’ भनेर अभिव्यक्ति दिएको बताउँदै झाले भने, ‘यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिनुभयो नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाएँ, हिरासतमा पुर्‍याएँ । उहाँलाई धन्यावाद छ स्विकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *