रेशम चौधरी थुनामुक्त, पक्राउ पुर्जी लेख्ने अधिकृत हिरासतमा

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय पाएर आममाफीपछि रिहा भएका र हालै पुनः थुनामा परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् 

चौधरीको पक्राउ प्रक्रिया आफैं विवादमा परेपछि यस घटनाले अप्रत्याशित मोड लिएको छ । पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट नै अहिले प्रहरी हिरासतमा छन्। सर्वोच्च अदालतको लेटरहेड प्रयोग गरी चौधरीलाई पक्राउ गर्न आदेश दिइएको पत्र विष्टले व्यक्तिगत रूपमा लेखेको पुष्टि भएपछि उनको भूमिकामाथि प्रश्न उठेको हो। सो पत्र अदालतको कुनै आधिकारिक रेकर्डमा दर्ता नभएको जानकारी सार्वजनिक भएपछि विष्टलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।

विष्टले आफ्नो प्रारम्भिक बयानमा हिंसामा मारिएका आत्माहरूले पोलिरहेको महसुस भएपछि पत्र लेखेको बताएका छन्। उनको यो व्यक्तिगत भावनात्मक निर्णयकै आधारमा चौधरी पक्राउ परेपछि न्याय प्रशासनभित्र नै आलोचना चर्किएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *