सहकारी संस्थाको जोखिम व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम

भक्तपुर । मर्यादित सहकारी सम्मुनत समाज नाराका साथ ६८ ओैं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा सहकारी संस्थामा जोखिम व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सुर्यबिनायक नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दिपेन्द्र केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम सभापति दिपेन्द्र केसीले ब्यानर पढेर कार्यक्रम उदघाटन गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रियगान र नगरगान बजाईको थियो । सुर्यबिनायक नगरपालिका वडा नं ३ अन्तरगर्त ९ वटा सहकारी संस्थाले भाग लिएको थियो । आजको कार्यक्रममा सहकारी प्रशिक्षक कुबेर निरौलाले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा कार्यपालिका वडा सदस्य घनश्याम भट्टराई ,जनक भण्डारी, कार्यपालिका सदस्य हेमा दाहाल नगरपालिकाबाट प्रतिनिधित्व गर्नु भएका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठ, कर्मचारी कल्पना श्रेष्ठ, सानु थापा ३ नं वडा सचिव शेषराज दाहाल, कर्मचारी बिजु थापा कार्यक्रमा उपस्थित रहनु भएको थियो । कार्यक्रम सञ्चालन कल्पना श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम समाप्तपछि प्रशिक्षक कुबेर निरौलाले प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *