भाजपा नेता जोलीले गरे उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता
काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) नेता विजय जोलीले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् ।
नेता जोलीले आज आइतबार ठमेलको चाक्सीबारी पुगेर उपप्रधानमन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् ।
भेटमा समसामयिक राजनीति, दुई पार्टीबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।