गृहमन्त्रीमाथिको प्रहार जायज छैन : सत्तारुढ दल

काठमाडौँ । सत्तारुढ दुई दल (कांग्रेस र एमाले) का शीर्ष नेताहरूबिच आगामी जेठ १५ गते सदनमा प्रस्तुत हुने बजेट, सरकारका काम कारबाहीलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको बैठकमा बजेट तयारी र सरकार सञ्चालनबारे छलफल भएको एक नेताले बताए । उनका अनुसार मुलुकमा सुशासन र कानुन कार्यान्वयन गर्न सरकार सुन्य सहनशीलताको नीतिबाट पछि हट्न नहुनेमा नेताहरूको जोड रहेको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्र मन्त्री डा आरजु राणा देउवालगायत नेताहरू सहभागी थिए ।

शीर्ष बैठकमा भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि भइरहेको आलोचना जायज नभएकोमा दुई दलका नेताले समान धारणा राखेका थिए । ‘कुनै कर्मचारीले बदमासी गर्छ भने मन्त्रीमाथि प्रश्न उठाउने कुरा हुँदैन र राजीनामा गर्ने कुरा पनि हुँदैन विरोधीहरूले जुन ढङ्गले गृहमन्त्रीमाथि प्रहार गरेका छन् । त्यो जायज छैन’, बैठकमा भएको छलफललाई उद्धृत गर्दै एक नेताले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *