एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक र हिल्टन काठमाडौंबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *