नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने

काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार क्षेत्रमा पनि निषेधाज्ञा तोकेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा शनिबार (जेठ १७) देखि आगामी असार २४ गतेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्। केशरमहलचोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो। नारायणहिटी दरबार क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। यसअघि राष्ट्रपति र उपराष्ट्रपतिको भवन अगाडी, बानेश्वरस्थित संसद भवन क्षेत्र, भद्रकाली, सिंहदरबार लगायत क्षेत्र निषेधाज्ञा तोकिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *