समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट आएको बताएका छन् । नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक भएको बताए । नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्वपूर्ण र ऐतिहासिक भएको उनको भनाइ छ । समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको उनको भनाइ छ । राम्रो निर्णय लिन निजी क्षेत्र सरकारको साथमा रहेको उनले बताए ।
अब साधनस्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले खनिजजन्य र नदीजन्य पदार्थको उत्खनमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको बताए । केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्न सरकार डराउन नहुने उनको भनाइ छ । पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे । तर, टीडीएस र करले गर्दा पर्यटकको लागत बढेको हुँदा यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए । बजेटमार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकोमा खुसी व्यक्त गर्दै उनले लगानीकर्तालाई एकद्वाभन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए । उनले मौद्रिक नीति र बजेटबीच तालमेल मिलेमा उचित नतिजा आउने धारणा राखे ।