संसद् गतिरोध अन्त्य गर्न सभामुख र प्रचण्डबिच छलफल
काठमाडौं । भिजिट भिसा प्रकरणका कारण अवरुद्ध प्रतिनिधिसभा खुलाउन सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ ।
बिहीबार संसद् भवन, नयाँ बानेश्वरमा भएको उक्त छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।