सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’इभेन्टको दोस्रो संस्करण

काठमाण्डौं । सि.जी. मोटर्स हिरो मोटोकोर्पले अफ रोड राइडिङ प्रेमीका लागि आयोजना गर्ने ‘एक्सट्रयाक’ इभेन्टको दोस्रो संस्करण यही २०८२ जेठ ३१ गते पर्यटनको मुटु पोखरामा हुने भएको छ । पहिलो संस्करण धुलिखेलस्थित ‘डर्ट टेम्पल’ मा सम्पन्न भएको यो इभेन्ट ३ सयभन्दा बढी राइडरहरूको सहभागितासहित अत्यन्त सफल भएको थियो । हिरो मोटोकोर्प नेपालद्वारा आयोजित यस ‘एक्सट्रयाक’ इभेन्ट पोखराको महेन्द्र गुफा नजिक विशेष अफ रोड ट्र्याकमा आयोजना गरिनेछ, जसमा सहभागीले हिरोको एडभेन्चर श्रेणी अन्तर्गतको एक्सपल्स २०० फोर भि र एक्सपल्स २०० फोर भि प्रो मोटरसाइकल ट्र्याकमा प्रत्यक्ष चलाएर आफ्नो अफ९रोड कौशल परीक्षण गर्न सक्नेछन् । अफ रोड ट्रेनिङ, सेक्युरिटी मापदण्ड, र प्रोफेसनल मार्शलको निर्देशनसहित राइडिङ टिप्ससमेत प्रदान गरिनेछ । सुरक्षा सुनिश्चित गर्न सहभागीहरूले चालक अनुमति पत्र, सेफ्टी गियर अनिवार्य रुपमा ल्याउनु पर्नेछ ।

इच्छुक राइडरहरूले हिरो मोटोकोर्प नेपाल को सोसियल मिडिया पेजमार्फत निःशुल्क रजिस्ट्रेसन गर्न सक्नेछन् । सहभागी अनुभवी राइडरहरूलाई कम्पनीको तर्फबाट मोटरसाइकल र एक्सपल्स ब्राण्डको लिमिटेड एडिसन जर्सी निःशुल्क प्रदान गरिने छ । कम्पनीका अनुसार कार्यक्रमको मूल उद्देश्य नेपाली युवा पुस्तामा मोटरसाइकल संस्कृतिको प्रवद्र्धन गर्नुका साथै हिरो मोटोकोर्पद्वारा नेपाली बजारमा उपलब्ध प्रविधियुक्त आधुनिक बाइकहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो । सि.जी. हिरो मोटोकोर्पले नेपालमा ‘राइड फर एडभेन्चर’ अभियानलाई नयाँ स्तरमा लैजान ‘एक्सट्रयाक’लाई निरन्तरता दिने बताएको छ । इभेन्ट शनिबार बिहान १० बजे सुरु हुनेछ । अफ रोड राइडिङ अनुभव खोजिरहेका राइडरका लागि यो इभेन्ट स्मरणीय बन्ने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *