बालुवाटारमा ओलीसँग देउवासहितका नेताहरू छलफलमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेताहरू लिएर बालुवाटार पुगेका छन् । बालुवाटारमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
छलफलमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।