लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु

काठमाण्डौं । यामाहा नेपालले आयोजना गरेको देशकै सबैभन्दा ठूलो दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट २०८२’ एक भव्य समारोहबीच लगनखेल बसपार्कमा सुरु भएको छ। उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिका–२ का वडा अध्यक्ष नारायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक दीपककुमार अग्रवालले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन्। असार १२ देखि १७ गतेसम्म चल्ने महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक सहज रूपमा एक्सचेन्ज गर्न मिल्नेछ। यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५० हजारको मूल्यांकन र अन्य ब्रान्डमा कर चुक्ता सर्टिफिकेटसहित न्यूनतम रु. २५ हजारको मूल्याङ्कन गरिनेछ। साथै, एक्सचेन्ज गर्दा अतिरिक्त रु. १० हजार बोनस, रु. ६ हजार सम्मको नगद छुट, निःशुल्क एक्सेसरिज, तथा आर्थिक वर्ष ८२।८३ को सडक करसमेत कम्पनीले व्यहोर्ने व्यवस्था गरिएको छ।

ब्याजदर ७.९९ प्रतिशतमा ग्यारेन्टर बिना फाइनान्सिङ सुविधा, विभिन्न टेस्ट राइड कार्यक्रम र विशेष अफरहरू यस फेस्टको आकर्षण बनेका छन्। यामाहाले यस महोत्सवमा RayZR 125FI Hybrid, R15 V4, MT-15 V2, FZ V3, Aerox 155 र WR155R जस्ता मोडेलहरू प्रस्तुत गरिरहेको छ, जुन सबै जापानी प्रविधिले तयार गरिएका उच्चस्तरीय र शक्तिशाली मोडेलहरू हुन्। कार्यक्रम आयोजक एमएडब्लु राइड्सले ‘ब्लू फेस्ट’ केवल एक्सचेन्ज मात्र नभई, मोटरसाइकल संस्कृतिको उत्सव हो भनेको छ, जहाँ इनोभेसन, अनुभव र कम्युनिटीको समागम छ। यामाहा ब्रान्ड देशभर उच्च ग्राहक सन्तुष्टिका साथ लगातार गुणस्तरीय राइडिंग अनुभव प्रदान गर्दै आइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *