हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । निर्जीवन बीमा कम्पनी हिमालयन एभरेस्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । सिंगापुरमा सम्पन्न विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड ‘डोमेस्टिक जनरल इन्स्योरर अफ द इयर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेसन अफ द इयर’ २०२५ बाट हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी सम्मानित भएको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ र निर्देशक विजयकुमार पन्त सहभागी भई अवार्ड ग्रहण गरे । एसिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्डका रूपमा लिइने उक्त अवार्डले सम्मानित हुँदा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली बीमा उद्योगको छवि थप उजागर भएको कम्पनीले जनाएको छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो । कम्पनीले सन् २०२३ मा इन्स्योरेन्स एसिया अवार्ड, सन् २०२४ मा ‘डोमेस्टिक जनरल इन्स्योरर अफ द इयर र ‘स्ट्राटेजिक पार्टनरसिप अफ द इयर’ अवार्ड पाएको छ । बीमा क्षेत्रमा उत्कृष्ट सेवा, नवीन रणनीति तथा ग्राहकमुखी दृष्टिकोणका कारण एचइआई लगातार अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा बटुल्दै आएको छ । यस वर्ष प्राप्त दुई विधाका अवार्डले कम्पनीको व्यावसायिक नेतृत्व क्षमता र नवप्रवर्तनशील सोचलाई पुष्टि गरेको कम्पनीको भनाइ छ । कार्यक्रममा सहभागी भएर अवार्ड ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले यो अवार्ड सम्पूर्ण टिमको कठिन परिश्रम र प्रतिबद्धताको नतिजा भएको बताए । उनले ग्राहकप्रति गरेको सेवा प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता पाउँदा गर्वित भएको समेत बताए । त्यसैगरी उक्त कार्यक्रममा निर्देशक पन्तले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बीमा कम्पनीले पाएको सम्मानले आगामी दिनमा अझ जिम्मेवार र सशक्त रूपमा अघि बढ्ने प्रेरणा मिलेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *