स्वास्थ्यमन्त्रीले भेटे अनसनरत मेयर भट्टराईलाई
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वीर अस्पताल पुगेर अनशनरत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई भेटेका छन् ।
अनसनरत भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना भएका छन् । भेटमा मन्त्री पौडेलले मेयरको मागमा आफ्नो पनि साथ रहेको बताएका थिए ।