गुण्डा नाइके राजु गोर्खाली पक्राउ, कारण १० करोडको चेक बाउन्स
काठमाडौँ । गुण्डा नाइके राजु गोर्खाली ‘राजेन्द्र बहादुर गोर्खाली’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरेकोह हो ।
गोर्खालीलाई १० करोडको बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ । पुराना गुण्डा मध्येका गोर्खाली यस अघि पनि बारम्बार पक्राउ परेर छुटेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । उनीमाथि बैंकिङ कसुरको मुद्दामा म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।