क्रिकेटर पुजाराको सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौँ । भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
३७ वर्षीय पुजाराले आइतबार सबै प्रकारका क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । पुजाराले लेखेका छन्- ‘भारतीय जर्सी लगाउने, राष्ट्रिय गान गाउने र मैदानमा पाइला टेक्दा हरेक पटक आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने – यसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । तर भनिन्छ, सबै राम्रा कुराहरूको अन्त्य हुन्छ र मैले सबै प्रकारका भारतीय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु ।’ २०१० मा भारतीय क्रिकेट टोलीमा डेब्यू गरेका चेतेश्वर पुजाराले १०३ टेस्ट खेलमा ७१९५ रन बनाएका छन्, जसमा १९ शतक र ३५ अर्धशतक समावेश छन् । उनको व्यक्तिगत उत्कृष्ट स्कोर २०६ अविजित रहेको छ ।
गुजरातको राजकोटमा जन्मिएका शान्त र कोमल चेतेश्वरका बुबा र प्रशिक्षक अरविन्द पुजारा पूर्व रणजी ट्रफी खेलाडी हुन् । सुरुदेखि नै, चेतेश्वर आफ्नो लामो इनिङ र धैर्यका लागि परिचित छन् । पुजाराले अण्डर-१४ मा इङ्गल्याण्ड विरुद्ध तेहेरो शतक र अण्डर-१९ मा दोहोरो शतक बनाएका थिए ।