नेपाली बजारमा सुनको मूल्य फेरि हाल सम्मकै उच्च
काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन हिजो सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।