पेन्टागनमा पिज्जाको माग बढेपछि हलचल
भनिन्छ कि यदि कहीँ एउटा पुतलीले आफ्नो पखेटा फट्फटायो भने त्यसको असर विश्वको कुनै कुनामा ठूलो तुफानको रुपमा महसुस गर्न सकिन्छ । यसलाई बटरफ्लाई थ्योरी भनिन्छ । यो सिद्धान्तमा विश्वास राख्ने मानिसहरुको मान्यता छ कि जब चराहरु ऋचानक झुण्ड बनाएर उड्न लागेभने त्यसले भूकम्प, आँधीबेहेरी जस्ता प्राकृतिक विपदको संकेत गर्दछ । यस्तै एउटा विपदको पूर्वसंकेत हो, अमेरिकाको चर्चित पेन्टागन पिज्जा इन्डेक्स । भनिन्छ, जब अमेरिकाको रक्षा मनत्रालय पेन्टागन आसपासमा राति अबेरसम्म पिज्जाको अर्डर अचानक बढ्न थाल्छ, तब यसले कुनै ठूलो सुरक्षा संकट वा सैन्य गतिविधिको संकेत गर्दछ । गत शुक्रबार पेन्टागन आसपास पुनः यस्तै दृश्य देखियो । स्थानीय समय अनुसार दिउँसो १ बजे अचानक पिज्जाको मागमा वृद्धि भयो । द पेन्टागन रिपोर्ट नामको एक्स अकाउन्टले उक्त डेटा शेयर गरेपछि त्यो घटना एकाएक भाइरल बन्यो । रिपोर्ट अुनसार स्थानीय फ्रेडीज बीच बारमा ग्राहकको सामान्य भन्दा अधिक भिड देखियो । अन्य पिज्जा पसलहरुमा पनि अवस्था फरक फरक थियो । कतिपय खाली थिए भने कतिमा ग्राहकले पिज्जा हात पार्न १५ मिनेटसम्म कुर्नुपर्यो । पेन्टागन नजिकका पिज्जा पसलमध्ये केहीमा अस्वभाविक रुपमा भिड बढेको र केही खाली रहेको समाचारमा जनाइएको थियो । बेलुकी ७ बजेर ३६ मिनेटसम्म त्यस्तो क्रम चल्यो । उसो त शुक्रबारको साँझ मानिसहरुको गुड फ्राइडे मनाउने समय भएकाले होटल रेष्टुरेन्टमा भिड हुनु स्वभाविक हो । तर पेन्टागन नजिकै पिज्जा अर्डर बढ्ने ट्रेण्ड देखिएपछि त्यसले सोसल मिडियामा बहसको सिर्जना गरेको हो । अगष्ट २७ र २८ मा पनि यस्तै ट्रेण्ड देखिएको द पेन्टागन रिपोर्टले जनाएको छ । सामाजिक सञ्जाल एक्समा एकजनाले गरेको पोस्ट अनुसार पेन्टागनको नजिक रहेको मध्यरात सम्मै खुल्ने लिखा पिजाटो पिज्जामा शुक्रबार पिज्जाको अर्डर ३०३ प्रतिशतले बढ्का् थियो । आखिर पिज्जाको अर्डर बढ्नु र त्यसले यतिधेरै चर्चा पाउनुको कारण के हो रु अनि पेन्टागन आसपास पिज्जाको अर्डर बढ्दा मानिसहरु किन त्रसित भईरहेका छन् ? वस्तवमा पिज्जा अर्डरको यस्तो आकस्मिक उछालले एकपटक फेरि पेन्टागन पिज्जा इन्डेक्स सिद्धान्तको चर्चालाई तिव्र बनाइदिएको छ । यो सिद्धान्तको मान्यता के छ भने जब पेन्टागनमा कुनै आकस्मिकता आउँछ, त्यहाँ का मगर्ने अधिकारी तथा कर्मचारीहरु लमो समयसम्म ड्युटीमा रहनुपर्छ । जसका कारणले गर्दा उनीहरुले कार्यकक्षमा भोक मेट्नका लागि बाहिरबाट पिज्जा मगाउँछन् । पेन्टागनका ठूलो संख्याका कर्मचारीले पिज्जा मगाउँदा आसपासमा पिज्जाको माग असमयमै अचानक बढ्दछ । यस सिद्धान्तका समर्थकहरुले यसका पछाडि एउटा सबूत प्रमाण पनि दिने गरेका छन् । सन् १९९० मा जब सद्दाम हुसेनले कुबेतमा हमला गरेका थिए, त्यसको एकरात अघि वासिङटन डिसीमा पिज्जाको माग अचानक बढेको थियो । पिज्जा चेन डोमिनोका मालिक फ्रयांक मिक्सका अनुसार सन् १९९१ म अपरेसन डेजर्ट स्ट्रोमअघि पनि यस्तै प्रवृत्ति देखिएको थियो । हालै अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमण अघि पनि पेन्टागनमा पिज्जाको अर्डर अचानक बढ्ने घटना दोहोरिएको दाबी कतिपयको छ । त्यसैले गत शुक्रबार पेन्टागन आसपासमा बढेको पिज्जाको मागलाई कुनै सुरक्षा आकस्मिकता, अमेरिकाको कारवाही तयारी वा हलचलसँग जोडेर हेर्न थालिएको छ ।
















