कर्मचारीलाई हस्तक्षेप गर्दिनँ : सञ्चारमन्त्री खरेल

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले ६ महिनामा कायापलट गर्न नसकिने बताएका छन् । सञ्चारमन्त्रीको पदभार ग्रहणपछि उनले जसरी पनि फागुन २१ मा निवार्चन गर्नुपर्ने बताए । ६ महिनामा केही पनि कायापलट हुँदैन । जसरी पनि फागुन २१ मा निर्वाचन गर्नुपर्छ । ६ महिनामा भ्रष्टाचार नियन्त्रण नभए पनि बाटो भने बनाउन सकिने उनको भनाइ छ । खरानी र धुलो टक्टक्याउँदै अनुभूति हुने गरी काम गर्ने सुनाए । उनले देश र जनतापछि मात्रै अरु कुरा हुने बताए । उनले राजनीतिक हस्तक्षेप नभए नेपाली कर्मचारीतन्त्रले काम गर्ने दक्षता राख्ने बताए । एउटा मन्त्री आएर ६ महिनामा के कायापलट गर्छ त ? गर्दैन । गर्ने तपाईंहरूले हो । नेपालको ब्युरोक्रेसी यदि राजनीतिक हस्तक्षेप भएन भने, यदि नेताको गोटी बनिएन भने, यदि मन्त्रीको चम्चा बनिएन भने स्वतन्त्र रूपमा व्यावसायिक रूपमा ब्युरोक्रेसीले काम गर्न पायो भने हाम्रा हरेक कर्मचारी दक्षता राख्छन् । उनले मन्त्रालयका सचिवलाई पनि हस्तक्षेप नगर्ने बताए । मन्त्रीको ठाउँबाट एक ठाउँ पनि हस्तक्षेप हुनेछैन । हस्तक्षेप गर्दिनँ । देश र जनतालाई केन्द्रमा राख्नुस् । कर्मचारीतन्त्रलाई हस्तक्षेप गर्नुहुँदैन भन्ने सन्देश आफूले दिने सुनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *