कमभन्दा कम कर्मचारीको उपस्थितमा सेवा दिनु, डिजिटल सेवा सुचारू गर्नु – राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले कम भन्दा कम कर्मचारीको उपस्थितिमा बैंक तथा वित्तीय संस्थालाई सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले कमभन्दा कम कर्मचारीको उपस्थित गराई बैंकिङ सेवा उपलब्ध गराउन आग्रह गरे । अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, भू क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टि गत गरेर असोज १९ गते (आइतबार) र २० गते (सोमबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरे ।
सार्वजनिक विदाका दिनमा डिजिटल बैंकिङ प्रयोग गर्न उनले आग्रह गरे । साथै, बैंक तथा वित्तीय संस्थाले एटीएमको सेवा व्यवस्थापन तथा डिजिटल बैंकिङ सेवा सुचारु हुने व्यवस्था गर्न उनले अनुरोध गरे । ‘भारी वर्षालाई मध्यनजर गरी सरकारले असोज १९ र २० गते विपद् व्यवस्थापन र अत्यावश्यक सेवा दिने कार्यालय बाहेकका सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ,’ पौडेलले भने, ‘बैंकिङ सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्दछ । यो बेलामा भौतिक रूपमा बैंकिङ सेवा लिने भन्दा पनि सुरक्षित डिजिटल बैंकिङ सेवाको उपयोग गर्न अनुरोध छ । साथै, बैंक तथा वित्तीय संस्थाले समेत एटीएम सेवा व्यवस्थापन तथा डिजिटल बैंकिङ सेवा सुचारू हुने व्यवस्था गरी कम भन्दा कम कर्मचारीको उपस्थित गराई अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्नुहुन अनुरोध छ ।