काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासिएको छ । धुलिखेल ११ पात्लेखेतमा बीपी राजमार्ग भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए । सडक भासिएपछि भकुन्डे–धुलिखेल सडक सन्जालबाट टुटेको छ ।