कोशीका ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सबै ५६ वटा ढोका खोलिएको छ । कोशी नदीमा पानीको बहाव ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेले जोखिम हेरेर सबै ढोका खोलिएको बताए । सप्तकोशीको पुलमा हलुका सवारी साधनलाई आउजाउ गर्न दिइएको छ ।

ठूला र हेभी गाडी रोकिएको उनले जानकारी दिए । इन्जिनियर र प्राविधिकहरुसँग छलफल गरेर मात्रै पूर्ण आवागमन रोक्ने विषयमा निर्णय हुने उनले बताए । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा हुँदा कोसीमा बाढी बढेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *