सुनचाँदीको मूल्य हाल सम्मकै उच्च
काठमाण्डौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आइतबार यसको मूल्य २ लाख ३० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन चाँदीको मूल्य पनि बढेको छ । आइतबार २ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ९९ हजार ८४५ रुपैयाँमा र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५३८ रुपैयाँमा कारोबार भईरहेको छ ।