सुनको मूल्य प्रतितोला २ लाख ३५ हजारमाथि
काठमाण्डौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, सोमबार यसको मूल्य २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १ हजार ८२० रुपैयाँमा र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५३८ रुपैयाँमा कारोबार भईरहेको छ ।