आजसम्म सेयरधनी बने हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश पाइने

काठमाडौं । हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा वितरण प्रयोजनार्थ कात्तिक २० गते बुकक्लोज गर्दैछ । त्यसैले कात्तिक आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते रजिस्टर्ड कार्यालय, वीरगञ्ज, पर्सामा २५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *