यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’ घोषणा, देशव्यापी सर्भिस सप्ताह सुरु

काठमाण्डौं । एमएडब्ल्यू राइड्स प्रालिमार्फत नेपालमा आधिकारिक रूपमा बिक्री वितरण हुँदै आएको यामाहा मोटरसाइकल तथा स्कूटरले देशभर एक हप्ता लामो सर्भिस अभियान ‘यामाहा ब्लू क्याम्प’ सुरु गरेको छ। मंसिर २१ देखि २७ गतेसम्म (डिसेम्बर ७ देखि १३) सञ्चालन हुने यस अभियानअन्तर्गत देशभरका आधिकारिक यामाहा सर्भिस सेन्टरहरूमा विशेष अफर, प्रिमियम सर्भिस तथा आकर्षक छुटको व्यवस्था गरिएको छ। ग्राहक सन्तुष्टि तथा नियमित मर्मत सम्भारलाई प्रवर्द्धन गर्ने उद्देश्यले थालिएको यस अभियानले यामाहा राइडरहरूलाई ८ बजेदेखि ८ बजेसम्म सर्भिस सुविधा उपलब्ध गराइनेछ। ब्लू क्याम्प अवधिभर ग्राहकले निःशुल्क बाइक वाश, १५–प्वाइन्ट विस्तृत चेकअप, यामाल्युबमा छुट, स्पेयर पार्ट्स तथा लेबर चार्जमा छुट, साथै निःशुल्क एएमसी कार्ड प्राप्त गर्ने अवसर पाउनेछन्। अभियान अन्तर्गत दैनिक एक भाग्यशाली ग्राहकले मर्मत बिलमा १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने योजना सहित विशेष उपहारको व्यवस्था गरिएको यामाहाले जनाएको छ।

साथै ‘नो–योर–बाइक’ सेसनमार्फत सर्भिस प्राविधिकले बाइक तथा स्कूटरका प्राविधिक पक्ष, मर्मतसम्भार आवश्यकता र सुरक्षित सवारीबारे प्रत्यक्ष जानकारी दिनेछन्। सुरक्षा राइड सेसनसमेत समावेश गरिएकाले सहभागी राइडरले सुरक्षित ड्राइभिङका व्यावहारिक सुझाव प्राप्त गर्नेछन्। अनलाइन बुकिङमार्फत एक्सप्रेस सर्भिस सुविधा पनि उपलब्ध हुने यामाहाले जनाएको छ, जसले अग्रिम बुकिङ गर्ने राइडरलाई प्राथमिकतासहित छरितो सेवा सुनिश्चित गर्नेछ। अभियानका बारेमा एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले यामाहाले सदैँ गुणस्तरीय सर्भिस र दीर्घकालीन ग्राहक विश्वासलाई प्राथमिकतामा राख्दै आएको बताए। उनका अनुसार ‘यामाहा ब्लू क्याम्प’ यामाहाको सेवा प्रतिबद्धतालाई अझ मजबुत बनाउने अभियान हो। यामाहाले अत्याधुनिक प्रविधि, जापानी इन्जिनियरिङ र देशव्यापी सर्भिस नेटवर्कमार्फत ग्राहक पहुँच विस्तारलाई निरन्तरता दिँदै आएको छ। ब्लू क्याम्प अभियान नेपालभरिका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा लागू हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *