ओलीले आफू हटेर अर्कोलाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना पनि रहेको बताएका छन् । बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तक्रियामा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । त्यसका लागि ओलीले महाधिवेशनको हलमै औपचारिक रुपले अबको नेतृत्व घोषणा गरेको खण्डमा सहमति हुनसक्ने पोखरेलले बताए । ‘सहमति हुनसक्छ । तर अहिलेको सन्दर्भमा हामीले भनेका छौं ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने,’ पोखरेलले थप भने, ‘उहाँले महाधिवेशनको हलमा औपचारिक ढंगले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ । अरु हिसाबले सहमति हुन्छ जस्तो लाग्दैन ।’ लगत्तै उनलाई ‘तपाईं बाहेक अरुलाई रोज्नु भयो भने मान्न तयार हो ?’ भनेर प्रश्न गरिएको थियो । सो क्रममा उनले ‘यदी उहाँले आफू हटेर भन्नुहुन्छ भने त्यसबेला मेरो कुनै अब्जेक्सन रहने छैन ।’ एघारौं महाधिवेशनमा पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । प्यानल घोषणा हुने वा नहुने भन्नेबारे उनले खुलाएनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *