नाइमाको वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौं । नेपाल अटो मोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभाले स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रम ,संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको छ।
स्थापनाको छोटो अवधिमा नै संस्था देशको मोबिलिटी क्षेत्रको एकिकृत र शसक्त आवाजका रुपमा स्थापित हुन सफल भएको एसोसिएसनका अध्यक्ष रितु सिंह वैद्यले बताइन्। त्यस्तै, कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१।८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तिय प्रतिवेदन, र आगामी वर्षको कार्यक्रम तथा वित्तिय योजना प्रस्तुत गरे।
















