रवि लामिछाने रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा लामो समयदेखि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रिहा हुँदैछन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले विहीबार सशर्त रिहा गर्न आदेश दिएपछि लामिछाने आवश्यक प्रक्रिया पूरा गरी आज रिहा हुन लागेका हुन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि आठ महिनादेखि थुनामा छन् । उनले विगो बराबरको रकम (२ करोड ७४ लाख ८४ हजार रुपैयाँ) धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गरेका थिए ।

सो माग बमोजिम उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न विहीबार आदेश दिएको थियो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ । विहीबार कार्यालय समय सकिइसकेकाले शुक्रबारमात्रै उनको रिहाइको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि रवि आज काठमाडौंबाट भैरहवा जाँदैछन् । उनलाई भैरहवा कारागारबाट काठमाडौं सारिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *