आज एकैदिन ५५ सयले बढेर हालसम्मकै महँगो बन्यो सुन

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुनः उच्च बिन्दुमा पुगेको छ । मंगलबार (पुस ८) एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । सोमबार २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *