कृष्णमुरारी गौतम ,चट्रयाङ माष्टरको ७३ ओैं बर्ष जन्म दिनको हार्दिक मङ्गलमय शुभकामना ।

जयहोस शुभहोस
मङ्गलहोस
चिरायु दिर्घायु
शुभ मिलोस् ।१

जन्मियौ तिमि
यहि गाउँ घर
सङ्ग सङ्गै जान्छ
सुख भोग डर ।२

मन भित्र भाव
पुर्ण हवस
हृदय वाणी
अम्मर रहोस् ।३

तिम्रा ती खुसि
सकल मन
त्यहिनै हुन्छ
पवित्र धन ।४

प्यारो छ आधार
बृध्दा जनमा
बहार दियौ
खुसि मनमा ।५

जन्मेसि धर्तिमा
मर्नै पर्दछ
माया ममता
मात्र सर्दछ ।६

जीवन सधैं
सहज बनोस
मान्य गुणी
सवैले भनोस।७

थियौ नि सधैं
प्यारो बनेका
राज्यको लागि
मोह जनेका ।८

आधार तिमिमा
बलियो थियोै
बृद्धा जनमा
मनशान्त दियौ ।९

तिम्रा पाईला
लम्कि रहोस
हृदयभाव
चम्कि रहोस ।१०

उमेर तिम्रो
जति भएनि
हास्ने हँसाउने
जहाँ गएनि ।११

कर्मको लेखा
कहाँ मेटिन्छ
सदगुणि भाव
त्याँहा भेटिन्छ ।१२

हिडेनौ कहिल्य‌ै
दोषि भनेर
रह्यौनि सबको
प्यारो वनेर ।१३

जीवनभो तिम्रो
जन्मेको सार
मोहभो लिला
अपरम्पार ।१४

पाउँदा तिमी
खुसिछु हर्ष
पूरा भएछौ
बहत्तर बर्ष ।१५

अकन्टक रहोस
त्यो तिम्रो माया
हृदय भाव छ
दिल भित्र छायाँ ।१६

तिम्रा महिमा
बुझि लेखेको
बृद्धाको दास हौ
छुनि देखेको ।१७

नरोक पाईला
जहाँ भएनि
हिम्मत नहार
उमेर गएनि ।१८

खुल्ला छ दिल
पवित्र पार
बहार चलाई
मनभित्र सार ।१९

माया ममता
राखि लेउहै
जन आधार
खुल्ला देउ है ।२०

तिम्रो त्यो जीवन
सुखि आधार
फलोस फुलोस्
यहि छ सार ।२१

गन्तव्य बिमुख
हुँदै नहुनु
अज्ञानि भाव
छुदैं नछुनु ।२२

तैरिनु सधैं
सुखभोग पाई
जीवन तिम्रो
सधैं छ हाई ।२३

हृदय भाव
मेरो सत्कार
आशिष देउँ
गर्छु पुकार ।२४

माता पिताको
ज्ञानमाला भिरी
सकिन्न भार
कहिल्यैनि तिरी ।२५

झेल्नु छ तिमिले
बुझि सामना
जन्मदिनको
शुभ कामना । २६।।।।

सफलता मिलोस्
मेरो चाहाना
जन्म दिनको
शुभकामना । २७

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *