सरकारी वकिल कार्यालयमा रमेश लेखकको बयान सुरु

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आजबाट लेखकको बयान सुरु भएको हो । मंगलबार दिउँसोदेखि उनको बयान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । लेखकमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको थियो ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा तत्कालीन गृहमन्त्रीको हैसियतले गरेको कामकारबाहीलाई लिएर उनीमाथि प्रश्न उठेको थियो । जेनजी आन्दोलनको घटना छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले लेखकलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो । लेखकसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सोही सिफारिस भएको थियो । उक्त सिफारिसका आधारमा शनिबार बिहान ओली र लेखक पक्राउ परेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *