पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको गौशाला पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् । मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *