गण्डकी प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुँदै

काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुँदै छ । नयाँ मन्त्रीहरूलाई आजै शपथ गराइने कार्यक्रम तय गरिएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाका अनुसार, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाहेक सबै मन्त्री फेरिँदै छन् । गण्डकीको नयाँ मन्त्रिमण्डलमा नेकपा ९एमाले० र नेपाली कांग्रेसबाट चार चारजना मन्त्री बन्दै छन् । एमालेबाट गोविन्दबहादुर नेपाली, भीम कार्की, यशोदा रिमाल र लक्ष्मणबहादुर पाण्डे मन्त्री बन्दै छन् । त्यस्तै, कांग्रेसबाट नन्दु न्यौपाने, जित शेरचन, नम्डु गुरुङर रेखा गुरुङ मन्त्री बन्ने भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *