रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए । यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते गर्ने प्रस्ताव गरेका थिए । तर असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको पराजुलीले फेसबुकमा लेखेका छन् । आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ ।

यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो । रास्वपा २०७९ सालमा गठन भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सभापतिको उम्मेदवार बन्न ५१ हजार दस्तुर तोकिएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीलाई ४१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार रूपैयाँ उम्मेदवारी शुल्क तोकेको हो। त्यस्तै, सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको छ। जसमा प्रकाशचन्द्र परियार लगायत सदस्य छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *